नियम ५
खनिज कार्यको अनुमतिपत्र लिन चाहने व्यक्तिको योग्यता
(१) अति महत्वपूर्ण खनिज भित्र पर्ने खनिज पदार्थको खनिज कार्यका लागि अनुमतिपत्र लिन चाहने व्यक्तिको योग्यता देहाय
बमोजिम हुनेछ ः-
(क) सम्बन्धित खनिज कार्य सम्बन्धी कामको दुई वर्षको अनुभव भएको वा तत्सम्बन्धी खनिज कार्यको विशेषज्ञलाई काममा लगाउन सक्ने हैसियत भएको ।
(ख) खोजतलास कार्यको लागि खनिज कार्य गर्न चाहेको कुल खनिज क्षेत्रको लागि प्रति वर्ग किलोमिटर चार लाख रुपैया“ र उत्खनन्
कार्यको लागि खनिज कार्य गर्न चाहेको कुल खनिज क्षेत्रको लागि प्रति वर्ग किलोमिटर तीस लाख रुपैया“को आर्थिक हैसियत भएको ।
(२) महत्वपूर्ण तथा बहुमुल्य खनिजभित्र पर्ने खनिज पदार्थको खनिज कार्यका लागि अनुमतिपत्र लिन चाहने व्यक्तिको योग्यता देहाय बमोजिम हुनेछ ः-
(क) सम्बन्धित खनिज कार्य सम्बन्धी कामको दुई वर्षको अनुभव भएको वा तत्सम्बन्धी खनिज कार्यको विशेषज्ञलाई काममा लगाउन सक्ने हैसियत भएको ।
(ख) खोज तलास कार्यको लागि खनिज कार्य गर्न चाहेको कुल खनिज क्षेत्रको लागि प्रति वर्ग किलोमिटर दुई लाख रुपैया“ र उत्खनन् कार्यको लागि खनिज कार्य गर्न चाहेको कुल खनिज क्षेत्रको लागि प्रति वर्ग किलोमिटर बीस लाख रुपैया“को आर्थिक हैसियत भएको ।
(३) सामान्य खनिजभित्र पर्ने खनिज पदार्थको खनिज कार्यका लागि अनुमतिपत्र लिन चाहने व्यक्तिको योग्यता देहाय बमोजिम हुनेछ ः-
(क) सम्बन्धित खनिज कार्य सम्बन्धी कामको एक वर्षको अनुभव भएको वा तत्सम्बन्धी खनिज कार्यको विशेषज्ञलाई काममा लगाउन सक्ने हैसियत भएको ।
(ख) खोज तलास कार्यको लागि खनिज कार्य गर्न चाहेको कुल खनिज क्षेत्रको लागि प्रति वर्ग किलोमिटर एक लाख रुपैया“ र उत्खनन्
कार्यको लागि खनिज कार्य गर्न चाहेको कुल खनिज क्षेत्रको लागि प्रति वर्ग किलोमिटर दश लाख रुपैया“को आर्थिक हैसियत भएको ।
(४) यस नियमको प्रयोजनको लागि खनिज कार्य सम्बन्धी विशेषज्ञलाई काममा लगाउने गरी अनुमतिपत्रको लागि निवेदन दिनेले त्यस्तो विशेषज्ञले खनिज कार्यको लागि आवश्यक प्राविधिक सेवा उपलब्ध गराउन मन्जूर गरेको प्रतिबद्धता पत्र, विशेषज्ञले प्राप्त गरेको विशेषज्ञको दर्ता प्रमाणपत्रको प्रतिलिपि र त्यस्तो विशेषज्ञको कर चुक्ता भएको निस्सा पेश गर्नु पर्नेछ ।
(५) यस नियमावलीको प्रयोजनको लागि आर्थिक हैसियत भएको कुराको प्रमाण स्वरुप निवेदकले जग्गा, घर वा अन्य कुनै चल, अचल सम्पत्ति सम्बन्धित गाउ“ विकास समिति वा नगरपालिकाबाट मूल्याङ्कन गराएको कागजात वा बैंकमा निजको नाममा रहेको निक्षेपको निस्सा वा विवरण वा निवेदकको आर्थिक हैसियतलाई पुष्टी गर्ने निजको नाममा रहेको चल अचल सम्पत्तिको मूल्य वा रकम खुल्ने कुराको प्रमाणित कागजात पेश गर्नु पर्नेछ ।